मेयर कप राष्ट्रिय करातेको उपाधि सुदूरपश्चिमलाई



रौतहट — रौतहटको चन्द्रपुर–४ स्थित तुलसीलाल स्मृति खेल मैदानमा आइतबार सम्पन्न राष्ट्रिय कराते प्रतियोगितामा चार स्वर्ण पदकसहित सुदूरपश्चिम प्रदेश टिमले उपाधि हात पारेको छ । ३ स्वर्णसहित प्रदेश २ द्वितिय र एक स्वर्णसहित प्रदेश १ तृतिय हुन सफल भएको छ ।

नेपाल सितोरियो कराते संघ रौतहटका अध्यक्ष अशोक पहाडीका अनुसार हरेक तौल समूहमा प्रथम हुने खेलाडीले नगद ३ हजार पाएका छन् । त्यस्तै दोस्रोले २ हजार र तेस्रो हुने खेलाडीले नगद एक हजार हात पारेका छन् । चन्द्रपुर नगरपालिकाको आर्थिक सहयोगमा सम्पन्न प्रतियोगिताको २५ किलो तौल समूहमा सुदूरपश्चिमका सोनाम तामाङ प्रथम भए । सोही तौल समूहमा गण्डकी प्रदेशका रोमन नेपाली द्वितिय, वाग्मती प्रदेशका विजय थापा मगर र प्रदेश १ का मिण्डे शेर्पा तृतिय भए । ३० किलो तौल समूहमा सुदूरपश्चिमका सन्देश लामा प्रथम, गण्डकी प्रदेशका सन्दिप रुचाल द्वितिय प्रदेश १ का मुन्दुङ र वागमती प्रदेशका अंकित गुरुङ तृतिय भएका छन् ।
३५ किलो तौल समूहमा सुदूरपश्चिमका राकेश मानन्धर प्रथम भए । प्रदेश २ का मनिष मगर द्वितिय भएका छन् । ४० किलो तौल समूहमा सुदूरपश्चिमका सुनिल ठगुन्ना प्रथम भए । ४५ किलो तौल समूहमा वाग्मती प्रदेशका रोशन खाती प्रथम भए । ५० किलो तौल समूहमा प्रदेश १ का धनकुमार राई प्रथम भएका छन् । ५५ किलो तौल समूहमा वाग्मती प्रदेशका सुबिन खत्री प्रथम भए । ६० किलो तौल समूहमा प्रदेश २ का स्वतन्त्र मगर प्रथम भएका छन् । ६७ किलो तौल समूहमा प्रदेश २ का सरोज पासवान प्रथम भए । कातातर्फ प्रदेश २ का बब्लु राईन प्रथम भए । प्रतियोगिताको उत्कृष्ठ खेलाडीको उपाधि प्रदेश २ का स्वतन्त्र मगरले पाए । राष्ट्रिय प्रतियोगितामा ७ वटै प्रदेशका झन्डै २ सय खेलाडीले भाग लिएका थिए ।
प्रकाशित : फाल्गुन ९, २०७७ १६:०६