३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

एनफिल्डमा लिभरपुलमाथि एभरटनको धावा

एजेन्सी

लन्डन — एभरटनले मर्सिसाइड डर्बीमा शनिबार उत्कृष्ट प्रदर्शन गर्दै लिभरपुललाई २–० ले हराएको छ । यो सन् १९९९ यता एनफिल्डमा प्राप्त एभरटनको पहिलो जित हो ।

एनफिल्डमा लिभरपुलमाथि एभरटनको धावा

यस्तै सन् २०१० यता डर्बी खेलमा एभरटनले लिभरपुललाई हराएको पनि यो पहिलोपल्ट हो ।

एभरटनको जितमा रिचार्लिसन र गेल्फी सिगार्डसनले एक–एक गोल गरे । यो नतिजापछि लिभरपुल र टोलीका व्यवस्थापक योर्गन क्लोप गम्भीर संकटमा परेका छन् ।

शनिबारकै अन्य खेलमा फुलहमले पुछारमा रहेको सेफिल्ड युनाइटेडलाई १–० ले हराउँदै आफ्नो रेलिगेसनबाट बच्ने अभियानलाई कायम राख्न सफल भयो । यस्तै साउथ ह्याम्पटन र चेल्सीले १–१ तथा बर्नली र वेस्ट ब्रुमले गोलरहित बराबरी खेले ।

प्रकाशित : फाल्गुन ९, २०७७ ०७:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?