१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

एट्लेटिको हार्दा रियललाई अझ फाइदा

एजेन्सी

म्याड्रिड — कासेमिरोले गरेको निर्णायक गोलमा रियल म्याड्रिडले शनिबार स्पेनी ला लिगामा रियल भालाडोलिडलाई १–० ले हराएको छ । यससँगै टोलीले शीर्ष स्थानको छिमेकी एट्लेटिको म्याड्रिडसँगको दूरी तीन अंकमा छोट्यायो ।

एट्लेटिको हार्दा रियललाई अझ फाइदा

ब्राजिली खेलाडीले हेडबाट ६५ औं मिनेटमा गोल गरेका थिए । टिमले एट्लेटिकोले यसअघि बेहोरेको हारको पूरा फाइदा लियो । यसअघि एट्लेटिको घरमै लेभान्टेसँग २–० ले पराजित भएको थियो ।

यो नतिजापछि एट्लेटिको २३ खेलबाट ५५ अंकमै सीमित रह्यो भने एक खेल बढी खेलेको रियलको ५२ अंक भएको छ । यो समीकरणले उपाधि–होड रोमाञ्चक हुने भएको छ । बार्सिलोना ४६ अंकसाथ तेस्रो स्थानमा छ । शनिबारका अन्य खेलमा एल्चेले आइबरलाई १–० र भ्यालेन्सियाले सेल्टा भिगोलाई २–० ले हराए ।

प्रकाशित : फाल्गुन ९, २०७७ ०६:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?