कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

धरान रनमा नेपाली सेनाका गजेन्द्र र सशस्त्रकी सन्तोषी प्रथम

धरान — धरानमा शनिबार सम्पन्न ‘धरान १० के रन’ मा त्रिभुवन नेपाली सेनाका गजेन्द्र राई र सशस्त्र प्रहरीकी सन्तोषी श्रेष्ठ विजेता भएका छन् । दुवैले धरान रनमा लगातार तीन पटक उपाधि जितेका छन् ।

धरान रनमा नेपाली सेनाका गजेन्द्र र सशस्त्रकी सन्तोषी प्रथम

प्रतियोगितामा धावक राईले निर्धारित १० किलोमिटरको दूरी ३२ मिनेट २१ सेकेण्डमा पूरा गरेका थिए । उनले नगद पुरस्कार ५० हजारसहित मेडल र प्रमाणपत्र हात पारे । पुरुषतर्फ नेपाली सेनाकै टंकबहादुर कार्कीले ३३ मिनेट ५४ सेकेण्डमा दूरी पार गर्दै दोस्रो भए । उनले नगद पुरस्कार ३० हजार रुपैयाँ, मेडल र प्रमाणपत्र हात पारे । आर्मीकै जितेन्द्र दनुवारले ३४ मिनेटमा दूरी पूरा गर्दै तेस्रो भए । उनले नगद २० हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र पाए ।

महिलातर्फ सन्तोषीले ३८ मिनेट १० सेकेण्डमा दूरी पार गर्दै प्रथम भइन् । उनले नगद ५० हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र हात पारिन् । गएको आठौं दक्षिण एसियाली खेलकुदमा स्वर्णपदक विजेता श्रेष्ठले धरान रनमा ह्याट्रिक गर्दै इतिहास रचिन् । भोजपुरकी छविमाया राईले ४२ मिनेट ७ सेकेण्डमा निर्धारित दूरी पार गर्दै दोस्रो भइन् । उनले नगद ३० हजार रुपैयाँ र मेडल हात पारिन् । जुम्लाकी वन्दना बुढाले ४३ मिनेट ४८ सेकेण्डमा निर्धारित दूरी पार गर्दै तेस्रा भइन् । उनले ३० हजार रुपैयाँ हात पारिन् । विजेताहरुलाई धरान उपमहानगरपालिकाका प्रमुख तिलक राई, पूर्व मिस नेपाल नेपाल मलिना जोशी, आरोही निर्मल पुर्जालगायतले पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका थिए ।

उक्त अवसरमा धरान रनले रनर अफ दि इयरको पुरस्कार पुरुषतर्फ इन्डिस राई र महिलातर्फ छेन्वी राईलाई प्रदान गरेको थियो । पुरस्कार वितरणका वीच पाकिस्तानमा रहेको विश्वको दोस्रो उच्च शिखर माउण्ट के टुमा हिउदमा सफल आरोहण गरेर विश्व किर्तिमान गरेका १० आरोही दललाई पनि सम्मान गरिएको थियो ।

धरानको पुतलीलाइनबाट सुरु भएको धरान १० के रनमा यो वर्ष १ सय ४१ जनालाई मात्रै सहभागी गराएको अध्यक्ष रमु राईले बताए । गत वर्ष स्वदेश र विदेशका गरी ४ हजार धावक सहभागी भएका थिए ।

प्रकाशित : फाल्गुन ८, २०७७ १२:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?