१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

मेयर प्रदेश २ कपको उपाधि रौतहटलाई

शिव पुरी

रौतहट — प्रदेश २ मेयर कप एन्फा लिग फुटबल प्रतियोगिताको शुक्रबार भएको फाइनल खेलमा महोत्तरीलाई २–१ हराउँदै रौतहटले उपाधि हात पारेको छ ।

मेयर प्रदेश २ कपको उपाधि रौतहटलाई

रौतहटले दुई लाख नगदसहित मेयर कपको ट्रफी हात पारेको छ । महोत्तरीले १ लाखसहित उपविजेतामै चित्त बुझाउनु परेको थियो ।

रौतहटको चन्द्रपुर–६ स्थित शेरबहादुर दर्लामी खेलमा मध्यान्ह अघि दुवै टिमबाट गोल हुन सकेन । महोत्तरीका अफेन्स कृष्ण राना र खड्का बुढाथोकीको पास तालमेल निकै राम्रो थियो । रौतहटका बिक्की चामलिङ राईले डिबक्सबाट गोलका लागि पटकपटक लामो किक प्रहार गरेका थिए । महोत्तरीका गोलकिपर अमरसिंह थापाले राईले प्रहार गरेको बल गोलहुनबाट बारम्बार जोगाएका थिए ।

रौतहट र महोत्तरीले मध्यान्ह अघि दुई/दुई वटा फल हान्ने अवसर पायो । तर दुवै टिमबाट गोल हुन सकेन । खेल झनै रोमाञ्च बन्यो । मध्यान्ह पछिको २३ औं मिनेटमा रौतहटका उज्वल भण्डारीले महोत्तरीका खेलाडीलाई फल गरेपछि दिपेन श्रेष्ठले लामो फ्रि–किक प्रहार गरे । रौतहटका गोल किपर अनिश थापामगरले बलले जाली चुमेको पत्तो पाएनन् । महोत्तरीलाई श्रेष्ठले एक गोलको अग्रता दिलाउन सफल भए । गोल बराबरी गर्न रौतहटलाई निकै चुनौती थियो । त्यसैगरी विवेक चामलिङ राई घाइते भए । उनी मैदानबाट बाहिरिएपछि उनको स्थानमा मैदान प्रवेश गरेका अभि पहरीले प्रदिप तमाङले दिएको पासको सदुपयोग गर्दै मध्यान्ह पछिको ३३ औं मिनेटमा शानदार गोल गरेर टिमलाई बराबरीमा पुर्‍याए ।

गोल बराबरी पछि दुवै टिम निकै हौसियो । खेलको ४३ औं मिनेटमा रौतहटका तर्फबाट धिरोज माझीले थप एक गोल गरे । उनी पनि मध्यान्ह पछि विपिन श्रेष्ठको बदलामा मैदान प्रवेश गरेका थिए । उनकै गोल मद्दतले रौतहटले उपाधि हात पारेको हो । खेलको म्यान अफ दि म्याच रौतहटका प्रताप तमाङ भए । उनले नगद ५ हजार पाए ।

त्यस्तै उत्कृष्ट गोलकिपरको उपाधि रौतहटकै अनिश थापामगरले पाए । उनले नगद १० हजार हात पारे । उत्कृष्ट मिडफिल्डरको उपाधि रौतहटका बिक्की चामलिङ राईले पाए । उत्कृष्ट डिफेन्डर महोत्तरीका दिपेन श्रेष्ठ भए । उत्कृष्ट फरवार्ड महोत्तरीका कृष्ण राना भए । उनीहरुले जनही १० हजार पाए । खेल अवधिभर उत्कृष्ट खेल प्रर्दशन गरेको भन्दै रौतहटका टिम क्याप्टेन शिव श्रेष्ठ म्यान अफ दि सिरिज घोषित भए । उनले मोटरसाइकल पाएका छन् ।

प्रकाशित : फाल्गुन ७, २०७७ १९:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?