कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

‘लिगलिगे साइकल दौड’मा मल्ल प्रथम [तस्बिरहरु]

गोरखा — ‘लिगलिगे साइकल दौड’को उपाधि एपिएफका लक्ष्मण मल्लले जितेका छन् । ५२.९ किलोमिटर निर्धारित दूरी २ घण्टा २२ मिनेट ५५ सेकेन्डमा पार गर्दै धादिङ घर भएका मल्ल साइकल दौड प्रतियोगितामा प्रथम बने । दुई घण्टा ३१ मिनेट ३५ सेकेन्डमा निर्धारित दूरी पार गर्दै हिमाल टमटा दोस्रो बने । उक्त दौडमा वकेसराज व्रजाचार्य तेस्रो बने । उनले निर्धारित साइकल यात्रा दुई घण्टा ३६ मिनेट ५६ पार गरे । खुला साइकल दौडमा १६ महिला र ६२ पुरुषले भाग लिएका थिए ।

‘लिगलिगे साइकल दौड’मा मल्ल प्रथम [तस्बिरहरु]
‘लिगलिगे साइकल दौड’मा मल्ल प्रथम [तस्बिरहरु]

महिलातर्फ एफिएफकै सोनी गुरुङ प्रथम बनिन् । निर्धारित ५२.९ किलोमिटर दूरी उनले दुई घण्टा ५६ मिनेटमा पार गरिन् । त्यस्तै महिलातर्फ तीन घण्टा २ मिनेट ९ सेकेन्डमा निर्धारित दूरी पार गर्दै लक्ष्मी मगर दोस्रो बनिन् भने । तीन घन्टा नौ मिनेट तीस सेकेन्डमा यात्रा पार गर्दै उषा खनाल तृतिय भएकी छिन् ।

‘लिगलिगे साइकल दौड’मा मल्ल प्रथम [तस्बिरहरु]

खुला साइकल दौड प्रतियोगीतामा प्रथम हुनेलाई २५ हजार, द्वितिय हुनेलाई २० हजार र तृतिय हुनेलाई नगद १५ हजारले पुरस्कृत गर्ने आयोजक लिगलिग भिलेज स्पेर्ट्‌सका अध्यक्ष सन्जिव रानाले बताए । प्रतियोगीतामा सहभागी महिला साइकल यात्रीलाई पनि सोही अनुसारको पुरस्कारको व्यवस्था गरिएको छ ।

‘लिगलिगे साइकल दौड’मा मल्ल प्रथम [तस्बिरहरु]

नेपाल राज्य स्थापनाको उद्गम थलोको रुपमा परिचित पालुङटार नगरपालिकाको लिगलिगकोटलाई स्पोर्ट्स टुरिजमको रुपमा विकास गराउन ‘लिगलिगे साइकल दौड’ प्रतियोगिता भएको हो । लिगलिग भिलेज स्पोर्ट्‌सको आयोजना तथा नेपाल पर्यटन बोर्ड र पालुङटार नगरपालिकाको समन्वयमा प्रतियोगिताको आयोजना गरिएको हो । लिगलिगकोटबाट सुरु भएको साइकल दौड आपँपिपल भञ्ज्याङ– हर्मी भञ्ज्याङ– मुकुन डाँडा–आँपपिपल अस्पताल–बनटार– भण्डारथोक–चेपेपुल–गरमबेंसी–चेपेघाट दोभान–हवाइग्राउन्ड–तालपोखरी–कालमाटा–नगरपालिकाको कार्यालय–बाह्रपिर्के–लुइँटेल–वटडाडाँ–बोहोरागाउँ–बिजुली डाँडा–खोल्ली हुँदै पुन लिगलिगकोटमा आएर टुंगिएको आयोजक लिगलिग भिलेज स्पेर्टसका अध्यक्ष रानाले बताए ।

‘लिगलिगे साइकल दौड’मा मल्ल प्रथम [तस्बिरहरु]

पालुङटार नगरपालिकासँगै छिमेकी सिरानचोक र लमजुङको राइनस नगरपालिकाको केही भागलाई समेटेर साइकल ट्रेलको रुपमा विकास गरिएको उनले बताए । लिगलिगकोटको इतिहास, मौलिक संस्कृति जगेर्ना, वातावरण संरक्षणको सन्देश दिन तथा वातावरण मैत्री साइकल संस्कारको विकास तथा विस्तार गर्ने उद्देश्यले साइकल दौड प्रतियोगीताको आयोजना गरिएको रानाले बताए । प्रतियोगीताले स्थानीय संस्कृतिको संरक्षण र पर्या–पर्यटन तथा साहसिक खेलको विकास गर्ने आयोजको अपेक्षा छ ।

‘लिगलिगे साइकल दौड’मा मल्ल प्रथम [तस्बिरहरु]

‘लिगलिगे साइकल दौड’मा मल्ल प्रथम [तस्बिरहरु]

‘लिगलिगे साइकल दौड’मा मल्ल प्रथम [तस्बिरहरु]

‘लिगलिगे साइकल दौड’मा मल्ल प्रथम [तस्बिरहरु]

‘लिगलिगे साइकल दौड’मा मल्ल प्रथम [तस्बिरहरु]

‘लिगलिगे साइकल दौड’मा मल्ल प्रथम [तस्बिरहरु]

‘लिगलिगे साइकल दौड’मा मल्ल प्रथम [तस्बिरहरु]

‘लिगलिगे साइकल दौड’मा मल्ल प्रथम [तस्बिरहरु]

‘लिगलिगे साइकल दौड’मा मल्ल प्रथम [तस्बिरहरु]


प्रकाशित : फाल्गुन ७, २०७७ १६:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?