आईपीएलको अक्सनमा बिकेनन् सन्दीप

कान्तिपुर संवाददाता

काठमाडौँ — भारतको चेन्नईमा बिहीबार गरिएको इन्डियन प्रिमियर लिग (आईपीएल)को मिनी अक्सनमा नेपाली क्रिकेटर सन्दीप लामिछानेले भाउ पाउन असफल भएका छन् ।

आईपीएलको अक्सनमा बिकेनन् सन्दीप

दिल्ली क्यापिटलसले यस सिजनका लागि रिलिज गरेपछि सन्दीप लामिछाने पनि अक्सनमा आएका थिए ।

नेपाली ग्लोबल स्टार सन्दीप लामिछानेले अक्सनमा भाउ पाउँछन् कि पाउँदैनन् भन्नेमा धेरै नेपालीको चासो थियो । सन्दीप विश्वकै सबैभन्दा धनी र ग्ल्यामर्सपूर्ण आईपीएल खेल्ने पहिलो नेपाली खेलाडी हुन् । उनले तीन सिजन दिल्ली क्यापिटल्सबाट खेलेका थिए । दिल्लीले यस सिजन रिलिज गरिदिएपछि सन्दीप अक्सनमा गएका थिए ।

अक्सनमा सन्दीपसहित विनोद भण्डारी, करण केसी, सोमपाल कामी, कुशल मल्ल, शरद भेषावकर, अविनाश बोहरा, दीपेन्द्रसिंह ऐरी गरी ८ खेलाडीले नेपाल क्रिकेट संघ (क्यान) मार्फत आवेदन दिएका थिए । त्यसमा सन्दीपमात्र अन्तिम अक्सनलाई छानिएका थिए ।

आवेदन दिएका १ हजार ९७ बाट छाँटेर २ सय ९२ खेलाडीलाई अक्सनमा लगिँदै छ ।

प्रकाशित : फाल्गुन ६, २०७७ १८:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?