१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

अस्ट्रेलियन ओपनको सेमिफाइनलमा ओसाका

एएफपी

मेलबर्न — विश्व नम्बर तीन टेनिस खेलाडी नाओमी ओसाकाले मंगलबार अस्ट्रेलियन ओपनको सेमिफाइनल यात्रा तय गरेकी छन् ।

अस्ट्रेलियन ओपनको सेमिफाइनलमा ओसाका

आत्मविश्वास बढेको दाबी गरिरहेकी ओसाकाले ताइवानी खेलाडी सेह सु–वेइलाई ६–२ र ६–२ ले हराइन् । रड लेभ एरेनामा भएको दुई एसियालीबीचको खेलमा जापानकी ओसाका उत्कृष्ट सावित भइन् ।

प्रभुत्वशाली खेल प्रदर्शन गरेकी २४ वर्षीया ओसाकाले ३५ वर्षीया आफ्ना प्रतिद्वन्द्वीलाई हराउन ६६ मिनेट मात्र लगाएकी थिइन् । ‘मेरो आत्मविश्वास अहिले बढेको अवस्था छ । त्यसैले सु–वेइ जत्तिको माथिल्लो स्तरीय खेलाडीविरुद्ध पनि यस्तो जित निकाल्न सफल रहेँ । मलाई लाग्छ, मैले आजको खेलका लागि धेरै मिहिनेत गर्नु परेन्,’ उनले भनिन् ।

पुरुषतर्फ रुसी क्वालिफायर एस्लान कारटेसेभले प्रतियोगितामा आफ्नो अद्वितीय प्रदर्शन जारी राखे र सेमिफाइनल यात्रा तय गरे । विश्व नम्बर १ सय १४ का कारटेसेभले ग्रिगोर डिमिट्रोलाई २–६, ६–४, ६–१ र ६–२ ले पराजित गरे । आफ्नो डेब्युमा उनी सेमिफाइनल पुग्न सफल रहेका हुन् ।

प्रकाशित : फाल्गुन ४, २०७७ १४:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?