संघर्ष गर्दै ओसाका र सेरेना क्वाटरफाइनलमा

एएफपी

मेलबर्न — नाओमी ओसाकाले दुई सेट प्वाइन्ट र सेरेना विलियम्सले एक सेट गुमाएको स्थितिमा जोगिन सफल रहेपछि आइतबार अस्ट्रेलियन ओपनको क्‍वार्टर फाइनल प्रवेश गर्न सफल भएकी छन् ।

जापानकी ओसाकाले रोमाञ्चक खेलमा स्पेनकी ग्याब्रिन मुगुरुजालाई ४–६, ६–४ र ७–५ ले पराजत गरिन् । तेस्रो सेटमा ओसाका एक समय ३–५ ले पछाडि रहँदा आफ्नै सर्भिमा १५–४० को स्थितिमा थिइन् ।

तर तीन पल्टको ग्रान्ड स्लाम विजेताले त्यही स्थितिबाट खेल आफ्नो पक्षमा पारिन् । अर्कोतर्फ ३९ वर्षीय सेरेनाले बेलारुसकी आर्यना बबालेन्कालाई ६–४, २–६ र ६–४ ले पराजित गरिन् ।

यसअघि ताइवानकी ३५ वर्षीया सेस सु–वेइ आधुनिक समयको ग्रान्ड स्लामा अन्तिम आठमा प्रवेश गर्ने सबैभन्दा बढी उमेरकी खेलाडीमध्ये एक भएकी छन् । उनले चेक गणतन्त्रकी मारकेटा भाडन्ड्रोसेभालाई ६–४ र ६–२ ले पन्छाइन् ।

प्रकाशित : फाल्गुन २, २०७७ १३:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?