कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पुरुषतर्फ गण्डकी र आर्मी, महिलातर्फ पुलिस र एपीएफ फाइनलमा

दीपक परियार

पोखरा — पोखरामा जारी टाइगर कप आमन्त्रित राष्ट्रिय क्लब भलिबल च्याम्पियनसिपमा पुरुषतर्फ गण्डकी र आर्मी, महिलातर्फ पुलिस र एपीएफ फाइनलमा भिड्ने भएका छन् । 

पुरुषतर्फ गण्डकी र आर्मी, महिलातर्फ पुलिस र एपीएफ फाइनलमा

पोखरा रंगशालामा शुक्रबार पुरुषतर्फ गण्डकीले एपीएफमाथि ३–० को सानदार जित निकाल्दै फाइनलमा स्थान सुरक्षित गरेको हो । पहिलो सेट २५–२१ ले आफ्नो पक्षमा पारेको गण्डकीले दोस्रो सेटमा भने २९–२७ ले अग्रता लियो । तेस्रो सेटमा आफूलाई सुधार्दै गण्डकीले २१–१५ मै एपीएफलाई पाखा लगायो । आर्मीले अर्को विभागीय टिम पुलिसलाई ३–० कै सेटमा हरायो । आर्मीले २६–२४, २५–२२ र २५–१४ को सेटमा पुलिसलाई पराजित गरेर फाइनल पुगेको हो ।

महिलातर्फ भने न्यु डायमन्डले एपीएफसँग शुक्रबार अप्रत्याशित हार व्यहोर्‍यो । बिहीबारसम्म लिगको दोस्रो स्थानमा रहेको न्यु डायमन्डले एपीएफसँग एक सेट समेत जित्न नसक्दा फाइनल पुग्नबाट बञ्चित हुनुपर्‍यो । एपीएफले ३–० को सोझो सेटमा न्यु डायमन्डलाई हराएर फाइनल खेल्ने अवसर पायो । पहिलो सेटमा न्यु डायमन्डलाई २५–२१ ले हराएको एपीएफले दोस्रो सेटमा पनि २५–२१ ले अग्रता लियो । तेस्रो सेट २५–२३ ले आफ्नो पक्षमा पारेर एपीएफले फाइनलमा पुलिससँग भेट पक्का गर्‍यो ।

शनिबार फाइनल हुने प्रतियोगिताको विजेता महिला तथा पुरुषले समान एक लाख ५० हजार रुपैयाँ, उपविजेताले ७५ हजार रुपैयाँ र तृतीयले ३५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने आयोजक टाइगर ग्रुपका अध्यक्ष नारायण शर्माले बताए । सर्वोत्कृष्ट महिला तथा पुरुष खेलाडीले २०/२० हजार रुपैयाँ प्राप्त गर्नेछन् । विधागत पुरस्कार ५/५ हजार रुपैयाँ पाउनेछन् । टाइगर ग्रुपको आयोजनामा मंगलबारदेखि सुरु भएको प्रतियोगिता कोरोना महामारी पछि देशमै पहिलोपल्ट भएको राष्ट्रियस्तरको भलिबल प्रतियोगिता हो ।

प्रकाशित : माघ ३०, २०७७ १७:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?