१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७

वेस्ट इन्डिजविरुद्ध बंगलादेश संघर्ष गर्दै

एजेन्सी

ढाका — वेस्ट इन्डिजविरुद्धको दोस्रो टेस्टको दोस्रो दिन बंगलादेश संघर्षरत रहेको छ । दोस्रो दिनको खेल समाप्त हुँदा बंगलादेशले चार विकेट गुमाएर १ सय ५ रन बनाएको छ ।

वेस्ट इन्डिजविरुद्ध बंगलादेश संघर्ष गर्दै

बंगलादेश अझै ३ सय ४ रनले पछाडि छ र तेस्रो दिनको खेल सुरु हुँदा उसको पहिलो लक्ष्य फलो अन जोगाउने हुनेछ । घरेलु टिमका लागि मोहम्मद मिथुन ६ र मुसफिकिर रहिम २७ रन बनाएर खेलिरहेका छन् ।

प्रारम्भिक ब्याट्सम्यान तमिम इक्बालले ४४ रनको योगदान दिएका छन् । वेस्ट इन्डिजका बलरमध्ये सनन ग्याब्रिएलले ३१ रन खर्चेर दुई विकेट लिएका छन् ।

यसअघि वेस्ट इन्डिजले आफ्नो पहिलो इनिङ्समा ४ सय ९ रन बनाएको थियो । वेस्ट इन्डिज शृंखलामा १–० ले अगाडि रहेको छ।

प्रकाशित : माघ ३०, २०७७ १७:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?