चेल्सी एफएकपको क्‍वार्टरफाइलनमा

एजेन्सी

लन्डन — चेल्सीले बिहीबार एफएकपमा ब्रानस्लीमाथि १–० को झिनो अन्तरको जित निकाल्दै क्‍वार्टरफाइनल यात्रा तय गरेको छ । खेलको एक मात्र निर्णायक गोल टमी अब्राहिमको नाममा रह्यो ।

चेल्सी एफएकपको क्‍वार्टरफाइलनमा

अब चेल्सीले अन्तिम आठमा सेफिल्ड युनाइटेडको सामना गर्नेछ । दोस्रो डिभिजनको च्याम्पियनसिप क्लब ब्रानस्लीले चेल्सीविरुद्ध बलियो चुनौती खडा गरेको थियो ।

बिहीबारको अर्को खेलमा साउथह्याम्पटनले उल्भ्सलाई २–० ले हरायो र उसले पनि क्वार्टरफाइनलमा स्थान बनायो । साउथह्याम्पटनका लागि ड्यानी इन्ग्स र स्टुवार्ट आर्मस्टङले गोल गरे ।

प्रकाशित : माघ ३०, २०७७ ०७:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?