कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

म्यानचेस्टर सिटी एफए कपको क्वार्टरफाइनलमा

एजेन्सी

लन्डन — पेप ग्वार्डिओलाको म्यानचेस्टर सिटीले बुधबार स्वान्सी सिटीलाई ३–१ ले सजिलै हराएर एफए कपको क्वार्टरफाइनल प्रवेश गरेको छ । त्यस जितमा केली वाल्कर, रहिम स्टर्लिङ र ग्याब्रिएल जेससले गोल गरे ।

म्यानचेस्टर सिटी एफए कपको क्वार्टरफाइनलमा

यो सबैखाले प्रतियोगितामा सिटीको लगातार १५ औं जित हो । स्वान्सीका लागि मोर्गन ह्वाटेकरले एक गोल फर्काए । दिनको अर्को प्रमुख खेलमा एभरटनले टोटनहमलाई ५–४ ले हरायो ।

नौ गोलको रोमाञ्चक खेलमा बर्नार्डले अतिरिक्त समयको ९७औं मिनेटमा निर्णायक गोल गरे । यस्तै लेस्टरले ब्राइटन र सेफिल्ड युनाइटेडले ब्रिस्टल सिटीलाई समान १–० ले पराजित गरे ।

प्रकाशित : माघ २९, २०७७ ०७:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?