१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

एपीएफको अपराजित यात्रा कायमै

काठमाडौँ — विभागीय टोली एपीएफले काठमाडौं बाहिरको टोली चन्द्रपुर नगरपालिकालाई हराउँदै राजधानीमा जारी महिला राष्ट्रिय लिगमा अपराजित यात्रालाई बुधबार पनि निरन्तरता दिएको छ ।

एपीएफको अपराजित यात्रा कायमै

ललितपुरस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा सम्पन्न एक मात्र खेलमा एपीएफले अपराजित यात्रालाई निरन्तरता दिएको हो । एपीएफले जित निकाल्दा स्ट्राइकर सावित्रा भण्डारीले ह्याट्रिकसहित ६ गोल गरिन् । यस्तै, कप्तान अनिता बस्नेतले २ गोल गरिन् ।

पहिलो मिनेटमा नै गोलको खाता खोलेकी अनिताले ५४ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्न सफल भएकी थिइन् । ह्याट्रिकसहित ६ गोल गरेकी सावित्राले छैटौं, ३३औं, ४७औं, ६०औं, ६२औं र ७९औं मिनेटमा गोल गरेकी हुन् ।

यससँगै एपीएफले जारी लिगमा अगातार आठौं जित निकालेको छ । एपीएफले ८ खेलबाट २४ अंक जोडेको छ । जितपछि एपीएफले उपाधि उचाल्ने सम्भावनालाई बलियो बनाएको छ ।

पराजित चन्द्रपुरले ८ खेलमा ६ अंक जोडेको छ । चन्द्रपुर लिगको छैटौं स्थानमा रहेको छ । लिग अन्तर्गत बिहीबार दुई खेल हुनेछ । पहिलो खेलमा चौदण्डीगढीले वालिङको सामना गर्नेछ । त्यस्तै, दोस्रो खेलमा आर्मीले विराटनगरसँग प्रतिस्पर्धा गर्नेछ ।

प्रकाशित : माघ २८, २०७७ १७:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?