युभेन्टस कोपा इटालियाको फाइनलमा

एजेन्सी

मिलान — युभेन्टसले समग्रमा इन्टर मिलानलाई २–१ ले हराएर मंगलबार कोपा इटालियाको फाइनलमा प्रवेश गरेको छ । सेमिफाइनलको दोस्रो लेगको नतिजा गोलरहित बराबरी रह्यो ।  

युभेन्टस कोपा इटालियाको फाइनलमा

युभेन्टस पहिलो लेगमा २–१ ले अगाडि थियो । यो नतिजा नै उसलाई फाइनल पुग्न पर्याप्त रह्यो । युभेन्टस कोपा इटालियाको फाइनल पुगेको यो लगातार दोस्रो वर्ष हो ।

फाइनलमा युभेन्टसको प्रतिद्वन्द्वी एटलान्टा अथवा नेपोली हुनेछ । ती दुई क्लबको सेमिफाइनल दोस्रो लेग बुधबार हुनेछ । पहिलो लेग गोलरहित बराबरीमा रहेको छ ।

-यसअघिको समाचारमा 'युभेन्टस कोपा इटालियाको फाइनलमा' हुनुपर्नेमा 'कोपा डेल रेको फाइनल'मा भएकोमा सच्याइएको छ ।

प्रकाशित : माघ २८, २०७७ ०७:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?