पुलिस र आर्मीको अपेक्षित जित

काठमाडौँ — महिला राष्ट्रिय लिगमा पुलिस र आर्मीले मंगलबार अपेक्षित जित निकालेका छन् । पुलिसले सातदोबाटोको एन्फा कम्प्लेक्समा भएको खेलमा विराटनगरलाई ३–० ले हरायो ।

पुलिस र आर्मीको अपेक्षित जित

त्यसमा निरु थापाले दुई गोल गरिन् । पहिलो हाफको ४१ औं मिनेटमा निर्मला उपाध्यायले पुलिसका लागि गोलको खाता खोलिन् । निरुले ५७ र ६० औं मिनेटमा गोल गरिन् ।

यो जितपछि पुलिसको आठ खेलबाट ११ अंक भएको छ र चौथो स्थानमा छ । दिनको पहिलो खेमला आर्मीले १० खेलाडीमा सीमित वालिङलाई २–० ले पराजित गर्‍यो ।

त्यसमा शर्मिला थापा र विमला चौधरीले एक/एक गोल गरिन् । यो जितपछि आर्मी आठ खेलबाट १९ अंक जोडेर दोस्रो स्थानमा छ । वालिङको भने आठ खेलबाट ११ अंक छ ।

प्रकाशित : माघ २७, २०७७ १७:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?