३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

लिड्स इंग्लिस प्रिमियर लिगको शीर्ष दसभित्र

एजेन्सी

लन्डन — प्याट्रिक बामफोर्डले गरेको आफ्नो खेल जीवनको सयौं गोलमा लिड्स युनाइटेडले इंग्लिस प्रिमियर लिगमा क्रिस्टल प्यालेसमाथि २–० को जित निकालेको छ । यो जितपछि लिड्स अंक तालिकाको शीर्ष दसभित्र पनि पुगेको छ ।

लिड्स इंग्लिस प्रिमियर लिगको शीर्ष दसभित्र

ज्याक ह्यारिसनको गोलले अग्रता लिएको लिड्सका लागि २७ वर्षीय खेलाडी बामफोर्डले दोस्रो गोल थपे । उनले लिड्सका लागि ३८ गोलसँगै एमके डोन्सका लागि २१, डर्बीका लागि आठ र मिडल्ब्रोका लागि ३८ गोल समावेश छ ।

लिड्सको यो जितपछि २२ खेलबाट ३२ अंक भएको छ र दसौं स्थानमा रह्यो । प्यालेस भने २९ अंकमा १३औं स्थानमा छ ।

प्रकाशित : माघ २७, २०७७ ०७:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?