२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

एट्लेटिको र सेल्टा भिगोबीच बराबरी

एजेन्सी

म्याड्रिड — लुइस स्वारेजले दुई गोल गरे पनि स्पेनी ला लिगाको शीर्ष स्थानमा रहेको एट्लेटिको म्याड्रिड सोमबार सेल्टा भिगोसँग २–२ को बराबरीमा रोकिएको छ ।

एट्लेटिको र सेल्टा भिगोबीच बराबरी

स्वारेजको दोस्रो गोलमा एट्लेटिको लिगको १७औं जिततर्फ अग्रसर रहेका बेला फुकान्डो फेरेयराले सेल्टा भिगोका तर्फबाट ८९औं मिनेटमा बराबरी गोल फर्काए ।

दोस्रो स्थानमा रहेको बार्सिलोनाभन्दा एक खेल कम खेलेको एट्लेटिकोले यस नतिजापछि शीर्ष स्थानमा आठ अंकको अग्रता कायम राख्यो । स्वारेजले यस सिजन लिगमा सर्वाधिक १६ गोल गरेका छन् ।

प्रकाशित : माघ २७, २०७७ ०६:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?