कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

सिटी उपाधितर्फ उन्मुख

एजेन्सी

लन्डन — म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगको उपाधि होडमा आइतबार निर्णायक साबित हुन सक्ने यात्रा तय गरेको छ । यसका लागि उसले डिफेन्डिङ च्याम्पियन लिरभपुललाई एनफिल्डमै ४–१ ले हरायो ।

सिटी उपाधितर्फ उन्मुख

सिटीले लिभरपुललाई उसको घरमा हराएको यो सन् २००३ यता पहिलो हो । सिटीको जितमा इलकयी गुन्डोगनले दुई तथा रहिम स्टर्लिङ र फिल फोडेनले एक–एक गोल गरे ।

लिभरपुलका तर्फबाट मोहम्मद सलाहले एक गोल फर्काए । सिटीको २२ खेलबाट ५० अंक भएको छ । टोली शीर्ष स्थानमा एक खेल कम खेलेर पाँच अंकको अग्रता लिन सफल रह्यो ।

लिभरपुल भने ४० अंकसाथ चौथो स्थानमा छ । चेल्सी ३९ अंकसाथ पाँचौं स्थानमा उक्लेको छ । यसका लागि उसले सेफिल्ड युनाइटेडलाई २–१ ले हरायो । यस्तै उल्भ्स र लेस्टरले गोलरहित बराबरी खेले । लेस्टर ४३ अंकमा तेस्रो स्थानमा छ ।


प्रकाशित : माघ २६, २०७७ ०७:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?