१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

रोनाल्डोको गोलमा युभेन्टसको जित

एजेन्सी

मिलान — क्रिस्टियानो रोनाल्डोले गरेको सिजनको २३औं गोलमा युभेन्टसले इटालीको सिरी ‘ए’ मा शनिबार रोमालाई २–० ले हराएको छ । रोनाल्डोले तीन खेलमा गोल गर्न नसकेको क्रमलाई तोडेर युभेन्टसका लागि १३औं मिनेटमा गोल गरे ।

रोनाल्डोको गोलमा युभेन्टसको जित

त्यसपछि रोजर इबानेजले आत्मघाती गोल गरे । यो जितपछि डिफेन्डिङ च्याम्पियन युभेन्टस रोमालाई उछिनेर तेस्रो स्थानमा पुगेको छ । आन्द्रे पिर्लोको टिमको यो सबैखाले प्रतियोगितामा लगातार छैटौं जित हो ।

शनिबारका अन्य खेलमा जेनोआले नेपोलीलाई २–१ र स्पेजियाले ससुलोलाई २–१ ले हराए भने एटलान्टा र टुरिनोले ३–३ को बराबरी खेले ।

प्रकाशित : माघ २५, २०७७ ०७:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?