इंग्ल्यान्डको विशाल स्कोर, रुटको दोहोरो शतक

एजेन्सी

चेन्नाई — इंग्ल्यान्डले भारतविरुद्धको पहिलो टेस्टको दोस्रो दिन शनिबार विशाल स्कोर खडा गरेको छ । दोस्रो दिनको खेल समाप्त हुँदा इंग्ल्यान्डले आठ विकेट गुमाएर ५ सय ५५ रन बनाएको छ ।

इंग्ल्यान्डको विशाल स्कोर, रुटको दोहोरो शतक

यससँगै इंग्ल्यान्ड मजबुत स्थितिमा रहेको छ । पाहुना टिमका लागि कप्तान जोए रुटले दोहोरो शतक बनाए । उनले ३ सय ७७ बलको सामना गरेर २ सय १८ रन बनाए ।

उनले १९ चौका र दुई छक्का प्रहार गरेका छन् । रुटले नौ घण्टा क्रिजमा बिताएर सुदृढ प्रदर्शन गरेका हुन् । यस्तै बेन स्टोक्सले १० चौका र तीन छक्काको मदतले ८२ रन जोडे ।

प्रकाशित : माघ २४, २०७७ २०:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?