१४.०६°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

अभिलाषा र सोन्जा पहिलो

काठमाडौँ — नेपालकी अभिलाषा विष्ट र जर्मनीकी सोन्जा जियेन्बायेभाको जोडी वर्ल्ड  टेनिस टुर– जे ५ को पहिलो सर्किटअन्तर्गत महिला डबल्समा शुक्रबार पहिलो भएका छन् ।

अभिलाषा र सोन्जा पहिलो

सातदोबाटोस्थित टेनिस कोर्टमा अभिलाषा र सोन्जाको जोडीले बेल्जियमकी काट कोपेज र मार्ते लाम्बे्रचको जोडीलाई ६–० र ७–५ को सोझो सेटमा पराजित गरे । अभिलाषा जारी प्रतियोगिताको महिलातर्फ शीर्ष वरीयता प्राप्त खेलाडी हुन् ।

नेपाल टेनिस संघद्वारा आयोजित प्रतियोगिताको पुरुष डबल्स फाइनलमा भने नेपाली जोडी चुके । भारतीय जोडी आर्यन लक्ष्मनन् र आर्यन शाहले नेपालका आरभसम्राट हाडा र अकी जुवेन रावतको जोडीलाई २–६, ६–२ र १०–६ को सेटमा हराए ।

पुरुष सिंगल्समा भारतका अमन दहिया र स्पेनका टोमस क्युसेडा पेरेज फाइनलमा पुगे । अमनले फ्रान्सका भेलेन्टिन फाउरेलाई ६–१ र ६–१ तथा टोमसले भारतका अग्रिया यादवलाई ६–४ र ६–२ ले पाखा लगाए । महिला सिंगल्समा बेल्जियमका मार्ते लाम्ब्रेज र रोमाने लन्ग्युभिल्लेले उपाधि भिडन्त पक्का गरे । मार्तेले अमेरिकाकी साइना देशपाण्डेलाई २–६, ६–१ र ६–३ तथा रोमानेले अमेरिकाकै रुतुजा छप्हल्करलाई ७–५ र ६–४ को सेटमा पन्छाए । सिंगल्स फाइनल शनिबार हुनेछ ।

प्रकाशित : माघ २३, २०७७ १६:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?