१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

अभिलाषाको जोडी फाइनलमा

काठमाडौँ — नेपालका आरभसम्राट हाडा र अकी जुवेन रावतको जोडी वर्ल्ड टेनिस टुर–जे ५ को बिहीबार फाइनलमा पुगेको छ ।

अभिलाषाको जोडी फाइनलमा

सातदोबाटोस्थित टेनिस कोर्टमा पुरुष डबल्सतर्फ सेमिफाइनलमा उनीहरूको जोडीले भारतका रोनिन र मोनिल लोट्लिकरको जोडीलाई ६–४, ६–१ को सोझो सेटमा पराजित गर्दै फाइनल तय गरेको हो । फाइनलमा आरभको जोडीले भारतका आर्यन लक्ष्मण र आर्यन शाहीको जोडीसँग प्रतिस्पर्धा गर्नेछ । लक्ष्मण र आर्यनको जोडीले भारतकै अमन धानिया र योभान नन्दनको जोडीलाई ६–२, ६–१ को सोझो सेटमा हरायो ।

महिला डबल्सतर्फ नेपालकी अभिलाषा विष्ट र जर्मनीकी सोन्जा जियानेवायवाको जोडी फिनल्यान्डकी आनेस फर्नान्डेज लाक्सोनेन र भारतकी रिया उभेजाको जोडीमाथि ६–४, ६–० को सोझो सेटमा जित हात पार्दै उपाधि नजिक पुगेको हो ।

दोस्रो सेमिफाइनलमा नेपालकी प्रेरणा कोइराला र सलोनी तामाङको जोडी पराजित भयो । उनीहरूको जोडी बेल्जियमकी क्याट चोपेज र मार्टी ल्याम्बरजेटको जोडीसँग ६–४, ६–१ ले पराजित भयो । यता पुरुष एकलमा भारतका अमन धानिया, अग्रिया यादव र तौरस रावत तथा फ्रान्सका भ्यालेन्टिन फाउरे सेमिफाइनलमा पुगेका छन् ।

प्रकाशित : माघ २३, २०७७ ०८:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?