३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

बिलबाओ कोपा डेल रेको सेमिफाइनलमा

एजेन्सी

म्याड्रिड — एथलेटिक बिलबाओले रियल बेटिसलाई बिहीबार सुट–आउटमा ४–१ ले हराएर कोपा डेल रेको सेमिफाइनलमा प्रवेश गरेको छ । राउल गार्सियाले इन्ज्युरी समयमा गोल गरेपछि खेल अतिरिक्त समयमा गएको थियो ।

बिलबाओ कोपा डेल रेको सेमिफाइनलमा

पेनाल्टीमा बिलबाओ गोलरक्षक उनाई सिमानेले दुई बचाउ गरे । निर्धारित समयको खेल १–१ को बराबरीमा थियो । यो जितपछि बिलबाओ लगातार दोस्रो वर्ष कोपा डेल रे जित्न सक्ने स्थितिमा पुगेको छ ।

बेटिसले जुनामीको गोलले ८४ औं मिनेटमा अग्रता लिएको थियो । तर गार्सियाले इन्ज्युरी समयको चौथो मिनेटमा गोल फर्काए ।

प्रकाशित : माघ २३, २०७७ ०७:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?