कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

धनगढी र ओसिस विजयी

तिलोत्तमा — तेस्रो खड्गप्रसाद गौचन मेमोरियल अन्डर–१६ राष्ट्रिय क्रिकेट प्रतियोगितामा आइतबार धनगढी क्रिकेट एकेडेमीले साई ग्लोबल एकेडेमीलाई ९२ रन र ओसिस क्रिकेट एकेडेमीले रूपन्देही–११ लाई ९ विकेटले पराजित गरे ।

सिद्धार्थ रंगशालामा टस हारेर ब्याटिङ गरेको धनगढीले निर्धारित २५ ओभरमा ६ विकेट गुमाई २ सय २१ रन बनायो । कप्तान नरेन भट्टले ५० बल खेल्दै ९९ र सन्दीप विष्टले ४५ बलमा ५८ रन बनाए । साई ग्लोबलका ताहिर खान र सैजाद आलमले २/२ विकेट लिए ।

साई ग्लोबल २३ ओभरमा अलआउट हुँदै १ सय २९ रन मात्र बनायो । ओसिस रोकाले ४१ र सचिन अर्यालले १६ रन बनाए । धनगढीका रजत राना ३ र भूपेश जोशीले ३/३ विकेट लिए । नरेश भट्ट म्यान अफ द म्याच घोषित भए ।

दोस्रो खेलमा टस जितेको रूपन्देही ४६ रनमै अलआउट भयो । समीर अली खानले ११ रन बनाए । ओसिसका सार्थक धितालले ४ तथा निश्चल श्रेष्ठले २ विकेट लिए । ओसिसले ८.३ ओभरमा १ विकेट गुमाई ५० रन बनायो । सम्राट भुसालले १९ रन बनाए । ८ टिम सहभागी प्रतियोगितामा विजेता टिमले २० हजार रुपैयाँ र ट्रफी प्राप्त गर्नेछ । उपविजेताले १० हजार र ट्रफी प्राप्त गर्नेछ भने बेस्ट ब्याट्सम्यान, बलर, उत्कृष्ट खेलाडीलाई पनि पुरस्कृत गरिनेछ । पूर्वराष्ट्रिय क्रिकेटर शक्तिप्रसाद गौचनको स्टार क्रिकेट एकेडेमी, पड्सरीको आयोजनामा प्रतियोगिता जारी छ ।

प्रकाशित : माघ १९, २०७७ ०९:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?