पाकिस्तान ८८ रनले अगाडि

एजेन्सी

कराँची — पाकिस्तानले दक्षिण अफ्रिकाविरुद्धको पहिलो टेस्टको दोस्रो दिन बुधबार ८८ रनको अग्रता लिएको छ । दिनको खेल समाप्त हुँदा पाकिस्तानले आठ विकेट गुमाएर ३ सय ८ रन बनाएको छ ।

पाकिस्तान ८८ रनले अगाडि

हसन अलि ११ र नउमन अलि ६ रन बनाएर खेलिरहेका छन् । पाकिस्तानले दोस्रो दिनको सुरुआत चार विकेट गुमाएर ३३ रनको खराब स्थितिबाट गरेको थियो, तर फवाद आलम र मोहम्मद रिजवानले पाकिस्तानी इनिङ्स सम्हाले ।

उनीहरूले पाँचौं विकेटका लागि ९४ रनको साझेदारी गरे । रिजवान ३३ रन बनाएर आउट भएपछि आलमले फाहिम असरफसँग थप ५५ रनको साझेदारी गरे । आलमले १ सय ९ रन बनाए ।

उनले ९ चौका र २ छक्का प्रहार गरे । असरफले ६४ रनको योगदान दिए र उनको ब्याट्बाट ९ चौका निस्केको थियो । यसअघि दक्षिण अफ्रिकाले आफ्नो पहिलो इनिङ्समा २ सय २० रन बनाएको थियो ।

प्रकाशित : माघ १४, २०७७ १९:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?