कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

कुसुमको ह्याट्रिकमा विराटनगरको पहिलो जित

काठमाडौँ — विराटनगर महानगरपालिकाले महिला राष्ट्रिय लिग फुटबलमा बुधबार पहिलो जित निकालेको छ । उसले चन्द्रपुर नगरपालिकालाई ५–० ले हरायो । विराटनगर पहिलो हाफमा दुई गोलले अगाडि थियो । 

कुसुमको ह्याट्रिकमा विराटनगरको पहिलो जित

सातदोबाटोको एन्फा कम्प्लेक्समा भएको खेलमा विराटनगरका लागि कुसुम खड्काले ह्याट्रिक गरिन् ।

यस्तै अनु राई र सरिता शेर्पाको नाममा एक/एक गोल रह्यो । कुसुमले १२ औं मिनेटमा टिमका लागि पहिलो गोल गरेपछि ७५ औं मिनेटमा ह्याट्रिक गरिन् र यो टिमको अन्तिम गोल पनि रह्यो ।

प्रकाशित : माघ १४, २०७७ १६:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?