कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

नेपालले कतारसँग खेल्ने

काठमाडौँ — नेपालले कतारसँग तीन ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटको शृंखला खेल्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) को बोर्ड बैठकले ‘कतार डे स्पोर्ट्स’ को अवसर पारेर नेपाली टोली दोहा पठाउने निर्णय गरेको छ । नेपालले फेब्रुअरी ९, १० र १२ मा कतारसँग खेल्ने तालिका छ ।

नेपालले कतारसँग खेल्ने

गत वर्ष सिंगापुरमा भएको एसिया ट्वान्टी–२० छनोटमा कतारले नेपाललाई हराएको थियो । नेपाली टोलीको बन्द प्रशिक्षण फेब्रुअरी १ देखि सुरु गरिने क्यानले जनाएको छ । नेपालले मार्चमा ओमानमा गएर ओमान र अमेरिकासँग क्रिकेट विश्वकप लिग २ का खेल खेल्ने तालिका छ ।

बोर्ड बैठकले हाल जारी प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेटको विजेतालाई १० लाख रुपैयाँ दिने घोषणा गरेको छ । यो रकम दुई वर्षअघि विजेतालाई प्रदान गरेको रकमभन्दा आधा हो । उपविजेताले ५ लाख र सेमिफाइनल पुग्ने टोलीले समान ५० हजार पाउनेछन् ।

प्लेयर अफ द सिरिजले ५० हजार, उत्कृष्ट बलर र ब्याट्सम्यानले जनही २५ हजार रुपैयाँ पाउनेछन् । यो रकम अघिल्लो संस्करणभन्दा कम हो । प्रधानमन्त्री कपमा बुधबार पहिलो सेमिफाइनलमा एपीएफ र पुलिस क्लब तथा बिहीबार दोस्रो सेमिफाइनलमा आर्मी र वाग्मती प्रदेशबीच प्रतिस्पर्धा हुनेछ । फाइनल शनिबार हुनेछ ।

प्रकाशित : माघ १४, २०७७ ०८:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?