कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

वेस्ट ब्रुमलाई हराएर सिटी शीर्ष स्थानमा

एजेन्सी

लन्डन — म्यानचेस्टर सिटी मंगलबार इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा उक्लेको छ । यसका लागि उसले वेस्ट ब्रुमलाई ५–० ले हरायो । पहिलो हाफको सुरुआती आधा घण्टामा तीन गोल गरेको सिटीको अब ४१ अंक भएको छ ।

वेस्ट ब्रुमलाई हराएर सिटी शीर्ष स्थानमा

यो छिमेकी म्यानचेस्टर युनाइटेडको भन्दा एक अंक बढी हो । दुवैले समान १९ खेल खेलेका छन् । पेप ग्वार्डिओलाको सिटीका लागि इलकयी गुन्डोगनले दुई तथा जाओ क्यान्सेलो, रियाड मेहरेज र रहिम स्टर्लिङ एक–एक गोल गरे ।

यस्तै अर्को खेलमा वेस्ट ह्यामले क्रिस्टल प्यालेसलाई ३–२ ले हराउँदै शीर्ष चारभित्र प्रवेश गर्न सफल रह्यो । सबैखाले प्रतियोगितामा वेस्ट ह्यामको यो लगातार छैटौं जित हो । टोलीले सन् २०२१ सुरु भएयता उत्कृष्ट लय समातेको छ ।

मंगलबारकै अर्को खेलमा आर्सनलले साउथह्याम्पटनलाई ३–१ ले हरायो भने लिड्स युनाइटेडले न्युकासल युनाइटेडमाथि २–१ को जित रच्न सफल रह्यो ।

प्रकाशित : माघ १४, २०७७ ०७:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?