२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

एनएनआईपीएस स्पोर्ट्स अवार्ड थिमिमा

काठमाडौँ — नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघको आयोजनामा यसपल्टको एनएनआईपीए स्पोर्ट्स अवार्ड मध्यपुर थिमिमा हुने भएको छ । मध्यपुर थिमि नगरपालिका अवार्डको स्थानीय आयोजक रहनेछ । कार्यक्रम फागुन ८ मा निगु पुखुमा हुनेछ ।

एनएनआईपीएस स्पोर्ट्स अवार्ड थिमिमा

यसपल्टदेखि अवार्डमा ‘राइजिङ प्लेयर अफ द इयर’ विधा थपिएको छ । एक महिला र एक पुरुषलाई यो अवार्ड प्रदान गरिनेछ । अवार्डको उत्कृष्ट महिला र पुरुष खेलाडीका विजेताले एक/एक लाख रुपैंया पाउने छन् ।

यस्तै एक जनालाई गजराज जोशी आदर्श खेलाडी र एक जनालाई खेलकुद पत्रकार पुरस्कार पनि प्रदान गरिनेछ । यसपल्टको अवार्डमा १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा समावेश भएका खेलाडीलाई समेटिएको छ ।

प्रकाशित : माघ १३, २०७७ १४:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?