३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

वेस्ट इन्डिजमाथि बंगलादेशको क्लिन स्विप

एजेन्सी

चटगाउँ — बंगलादेशले तीन एकदिवसीयको शृंखलामा सोमबार राति वेस्ट इन्डिजमाथि ‘क्लिन स्विप’ गरेको छ । बंगलादेश तेस्रो तथा अन्तिम डे–नाइट खेलमा सजिलै १ सय २० रनले विजयी भयो ।

वेस्ट इन्डिजमाथि बंगलादेशको क्लिन स्विप

यससँगै बंगलादेशले आईसीसी वानडे सुपर लिगमा विजयी सुरुआत लिएको छ । यो उसका लागि सन् २०२३ को विश्वकपको छनोट यात्रा पनि हो ।

सुरुआती दुई एकदिवसीय पनि सजिलै जितेको बंगलादेशले तेस्रो खेलमा पहिले ब्याटिङ गरेर ६ विकेटमा २ सय ९७ रन बनाएको थियो । त्यसमा तमिक इक्वाल, मुसफिकिर रहिम र महमुदुलहले समान ६४ रन बनाए ।

जवाफमा वेस्ट इन्डिजले ४४.२ ओभरमा सबै विकेट गुमाएर १ सय ७७ रन मात्र बनाउन सक्यो । रोभमन पावेलले बनाएको ४७ रन बाहेक अन्य कुनै पनि खेलाडीले टोलीका लागि प्रभावकारी योगदान गर्न सकेनन् ।


प्रकाशित : माघ १३, २०७७ ०८:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?