चेल्सीद्वारा लाम्पार्ड बर्खास्त, टुचाल आउँदै

एजेन्सी

लन्डन — चेल्सीले सोमबार आफ्नो व्यवस्थापक फ्रायन्क लाम्पार्डलाई बर्खास्त गरेको छ । उनले १८ महिना मात्र क्लब सम्हाल्ने मौका पाए ।

चेल्सीद्वारा लाम्पार्ड बर्खास्त, टुचाल आउँदै

अब उनको स्थानमा पेरिस सेन्ट जर्मेन (पीएसजी) का पूर्व प्रशिक्षक थोमस टुचालले मौका पाउने भनिएको छ ।

गत साता लेस्टर सिटीको हातबाट पराजित भएपछि ४२ वर्षीय लाम्पार्डको भविष्यलाई लिएर गम्भीर प्रश्‍न उठ्न थालेको थियो । चेल्सीले लिगका पछिल्ला पाँच खेलमध्ये एकै मात्र जित निकाल्न सकेको छ ।

चेल्सीका लागि लाम्पार्डको अन्तिम खेल एफएकपको चौथो चरणमा लुटनविरुद्ध ३–१ जित रह्यो । सन् २०१९ मा चेल्सीले उनलाई तीन वर्षका लागि अनुबन्ध गरेको थियो ।

प्रकाशित : माघ १२, २०७७ १९:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?