मेयर कपमा चार वडा क्वाटरफाइनलमा

राजकुमार कार्की

सिन्धुली — सिन्धुलीको कमलामाई नगरपालिकामा जारी मेयर कप फुटबल प्रतियोगितामा वडा १, २, ९ र १३ क्वाटरफाइनल पुगेका हुन् ।

मेयर कपमा चार वडा क्वाटरफाइनलमा

आइतबार वडा ९ ले वडा ५ लाई पेनाल्टी सुटमा ४–२ गोलमा पराजित गर्‍यो । वडा २ ले वडा नं ४ लाई १–० को अन्तरमा हराएको छ । वडा नं. १३ र ७ बीच भएको खेलमा ४ काविरुद्ध दुई गोलको अन्तरले वडा १३ विजयी भएको छ । निर्धारित समयमा गोल हुन नसकेपछि पेनाल्टी सुटबाट जितहार भएको थियो । त्यस्तै दोस्रो खेल वडा नं. १ र १४ को टिम बीच भएकोमा ४ काविरुद्ध दुई गोल अन्तरले वडा १ विजयी भएर क्वाटरफाइनल प्रवेश गरेको कमलामाई नगर खेलकुद विकास समितिका अध्यक्ष दिपेन्द्र फुयालले जानकारी दिए ।

प्रतियोगिताको समापन माघ १५ गते हुने आयोजकले जनाएको छ । प्रतियोगिताका विजेताले एक लाख र उपविजेताले ५० हजार नगदसहित सिल्ड, मेडल, प्रमाणपत्र पाउने छन् । नकआउट प्रणलीमा खेलाइने उक्त प्रतियोगितामा नगरपालिकाका १४ वडामध्ये ११ वटा वडाबाट ११ वटै टिमले सहभागिता जनाएका छन् ।

प्रकाशित : माघ ११, २०७७ १९:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?