२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

श्रीलंका पहिलो इनिङ्समा अग्रतातर्फ

एजेन्सी

गाले — श्रीलंकाले इंग्ल्यान्डविरुद्धको दोस्रो टेस्टको आइतबार तेस्रो दिनको समाप्तीमा पहिलो इनिङ्समा अग्रता लिने सम्भावना देखाएको छ । दिनको खेल समाप्त हुँदा इंग्ल्यान्ड आफ्नो पहिलो इनिङ्समा नौ विकेट गुमाएर ३ सय ३९ रनको स्थितिमा छ ।

श्रीलंका पहिलो इनिङ्समा अग्रतातर्फ

पाहुना टिमको एक विकेट बाँकी रहेको स्थितिमा श्रीलंका ४२ रनले अगाडि छ । पहिले ब्याटिङ गरेको श्रीलंकाले ३ सय ८१ रन बनाएको थियो ।

इंग्ल्यान्डका लागि कप्तान जोए रुटले १ सय ८६ रन बनाए । उनले १८ चौका प्रहार गरे । तर दिनको अन्तिम विकेटका रूपमा उनी रनआउट भए र श्रीलंका उत्साहबर्ढक स्थितिमा रह्यो । श्रीलंकाका लागि जस बटलरले ५५ रनको योगदान दिए ।

प्रकाशित : माघ ११, २०७७ १८:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?