२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

सावित्राको ह्याट्रिकमा एपीएफ विजयी

काठमाडौँ — सावित्रा भण्डारीको ह्याट्रिकको मदतले एपीएफले राष्ट्रिय महिला लिग फुटबलमा आइतबार विराटनगरलाई ७–० ले हराएको छ । एपीएफको यो लगातार दोस्रो सजिलो जित हो ।

सावित्राको ह्याट्रिकमा एपीएफ विजयी

एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा सावित्राले चार गोल गरिन् भने अनिता केसीले दुई तथा सरु लिम्बूले एक गोल गरे । यो जितपछि एपीएफको दुई खेलबाट ६ अंक भएको छ ।

यसअघि आर्मीले आइतबारको अर्को खेलमा वालिङलाई ७–० ले हराएको थियो । आर्मीको यो प्रतियोगितामा पहिलो जित हो । त्यसमा विमला चौधरीले ह्याट्रिक गरिन् ।

यस्तै दीपा राई, शर्मिला थापा, भुजुंगा राई र हेमा चौधरीले एक एक गोल गरे । वालिङले तीन विदेशी खेलाडी उतारे पनि टिमको प्रदर्शन राम्रो रहन सकेन् ।

प्रकाशित : माघ ११, २०७७ १८:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?