कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

बगरभाइ भेट्रान्स फुटबल च्याम्पियन

मकवानपुर — छैटौं संस्करणको राष्ट्रिय भेट्रान्स कप फुटबल प्रतियोगिताको उपाधि बगरभाइ खलक पोखराले जितेको छ । हेटौंडा–४, लोकतान्त्रिक मैदानमा भएको फाइनलमा सानो गौचरण काठमाडौंलाई १–० ले हरायो ।

बगरभाइ भेट्रान्स फुटबल च्याम्पियन

पोखराका एकमात्र निर्णायक गोल मनोज गुरुङले गरे । उनले ४० औं मिनेटमा गोल गरेका हुन् । पोखराका नरेश थापा म्यान अफ द म्याच घोषित भए । विजेताले एक लाख ११ हजार एक सय ११ रुपैयाँ र उपविजेता सानो गौचरणले ५१ हजार एक सय ११ रुपैया प्राप्त गरे ।

पोखराका ईश्वर गुरुङ सर्वोत्कृष्ट खेलाडी घोषित भए । उनले १० हजार रुपैयाँ पाए । डिफेन्डरमा सानो गौचरणका चुनबहादुर थापा, गोलरक्षकमा पोखराका दिलीप क्षेत्री, मिडफिल्डरमा राजकुमार केसी, फरवार्डमा मनोज गुरुङ, प्रशिक्षकमा अञ्जन देवकोटा उत्कृष्ट घोषित भए । उनीहरूले जनही ५ हजार रुपैयाँ पाए ।

विजेतालाई हेटौंडा उपमहानगरका मेयर हरिबहादुर महतले पुरस्कृत गरे ।

प्रकाशित : माघ ११, २०७७ ०८:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?