२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

बेन्जेमाका दुई गोलमा रियल विजयी

म्याड्रिड — करिम बेन्जेमाले दुई गोल गर्दा रियल म्याड्रिडले स्पेनी ला लिगामा शनिबार एलाभेसलाई ४–१ ले हराएको छ । स्पेनी कपबाट बाहिरिएपछि रियलले यो जित निकालेको हो ।

बेन्जेमाका दुई गोलमा रियल विजयी

यो जितपछि रियल दोस्रो स्थानमा पुगेको छ । यो शीर्ष स्थानमा रहेको एट्लेटिको म्याड्रिडसँग चार अंकको दूरी हो । एटलेटिकोले दुई खेल कम खेलेको छ । कोरोना भाइरस संक्रमण भएपछि रियल प्रशिक्षक जिनेदिन जिदान मैदानमा देखिएनन् ।

शनिबारका अन्य खेलमा सेभियाले काडिजलाई ३–० ले हराई तेस्रो स्थानमा उक्लिन सफल रह्यो । पाँचौं स्थानको भिल्लारियलले भने हुएस्कासँग गोलरहित बराबरी खेल्यो । यस्तै रियल सोसिडाड र रियल बेटिसले पनि २–२ को बराबरी खेले ।

प्रकाशित : माघ ११, २०७७ ०७:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?