कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

मिलान एटलान्टासँग पराजित

एजेन्सी

मिलान — इटालियन सिरी ‘ए’ को शीर्ष स्थानमा एसी मिलानको अग्रता शनिबार दुई अंकले खुम्चिएको छ । उसलाई एटलान्टाले सानसिरोमा ३–० ले स्तब्ध पार्‍यो ।

मिलान एटलान्टासँग पराजित

एटलान्टका लागि क्रिस्टियन रोमेरो, जोसिप इलिसिच र डुभान जापाटाले गोल गरे ।

शनिबारको अर्को खेलमा इन्टर मिलानसँग शीर्ष स्थानमा अंक बराबरी गर्ने अवसर थियो तर उसलाई पनि उडिनेजीले गोलरहित बराबरीमा रोक्यो ।

यो सिजन मिलानलाई लिगमा हराउने दोस्रो टिम बनेको एटलान्टा भने ३६ अंकसाथ चौथो स्थानमा उक्लेको छ । मिलानको ४३ अंक छ । तेस्रो स्थानमा रहेको रोमाले अर्को खेलमा स्पेजियालाई ४–३ ले पराजित गर्‍यो ।

प्रकाशित : माघ ११, २०७७ ०६:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?