१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

दोस्रो वान डेमा पनि बंगलादेश विजयी

एजेन्सी

ढाका — बंगलादेशले दोस्रो वान डेमा पनि शुक्रबार वेस्ट इन्डिजलाई सजिलै सात विकेटले पराजित गरेको छ । बंगलादेशले सय बलको खेल छँदै यो जित निकालेको हो ।

दोस्रो वान डेमा पनि बंगलादेश विजयी

टस हारेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले ४३.४ ओभरमा सबै विकेट गुमाएर १ सय ४८ रन मात्र बनाएको थियो । त्यसमा रोभ्मन पावेलले बनाएको ४० रन नै सर्वाधिक ठूलो व्यक्तिगत स्कोर रह्यो ।

बंगलादेशका लागि मेहदी हसनले २५ रनमा चार विकेट लिए र उनी नै खेलको म्यान अफ द म्याच पनि रहे । जवाफमा बंगलादेशले कप्तान तमिम इक्बालको ५० रनको मदतले ३३.२ ओभरमा तीन विकेट गुमाएर १ सय ४९ रन बनायो ।

प्रकाशित : माघ ९, २०७७ १८:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?