१९°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३

बर्नलीसँग पराजयसँगै लिभरपुलको उपाधि–लक्ष्य कमजोर

रोयटर्स

लन्डन — च्याम्पियन लिभरपुलले बिहीबार पुछारतिरको बर्नलीसँग १–० ले स्तब्धपूर्ण हार बेहोरेको छ । यससँगै एनफिल्डमा लिभरपुलको ६८ खेलको अपराजित यात्रामा पनि पूर्णविराम लागेको छ । यस्तै लिभरपुलको उपाधिरक्षाको सम्भावना पनि कमजोर बनेको छ ।

बर्नलीसँग पराजयसँगै लिभरपुलको उपाधि–लक्ष्य कमजोर

खेलको ८३औं मिनेटमा गोलरक्षक एलिसन बेकरले एसली बार्नसलाई लडाए । त्यसमै प्राप्त पेनाल्टीमा बार्नसले निर्णायक गोल गरे । योर्गन क्लोपको लिभरपुलले लिगका लगातार चार खेलमा गोल गर्न सकेको छैन ।

लिगका पछिल्ला पाँच खेलमा जितहीन रहेको लिभरपुल चौथो स्थानमा छ । यो शीर्ष स्थानमा रहेको पारम्परिक प्रतिद्वन्द्वी म्यानचेस्टर युनाइटेडसँग ६ अंकको दूरी हो । बर्नली भने १९ अंकसाथ १६औं स्थानमा रह्यो ।

प्रकाशित : माघ ९, २०७७ ०७:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?