कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६४

मेरो ध्यान नेपाली क्रिकेटको स्तरोन्नतिमा हुनेछ : प्रशिक्षक ह्वाटमोर

काठमाडौँ — नेपाली राष्ट्रिय क्रिकेट टिमका नयाँ प्रशिक्षक डेव ह्वाटमोरले आफ्नो पहिलो उद्देश्य नेपाली क्रिकेटको स्तरोन्नति रहेको जनाएका छन् ।

मेरो ध्यान नेपाली क्रिकेटको स्तरोन्नतिमा हुनेछ : प्रशिक्षक ह्वाटमोर

बिहीबार पहिलोपल्ट नेपाली मिडियासामु प्रस्तुत भएका उनले यस्तो बताएका हुन् । ‘मेरो अनुभव नेपाली क्रिकेटको विकासमा लगाउनेछु,’ उनले भने ।

अन्तर्राष्ट्रिय क्रिकेटमा प्रशिक्षणको लामो अनुभव बटुलिसकेका श्रीलंकाली मूलका अस्ट्रेलियाली प्रशिक्षक ह्वाटमोरले त्यही अनुभव नेपालमा पोख्न चाहेका हुन् । ‘वानडे क्रिकेटमा नेपालको वरीयता सुधारमा पनि मेरो ध्यान हुनेछ,’ उनले भने ।

नेपाल क्रिकेट संघले पुस पहिलो साता उनलाई नेपाली राष्ट्रिय टिमको प्रमुख प्रशिक्षकमा नियुक्त गरेको थियो । संघले खुला प्रतिस्पर्धाबाट उनलाई चयन गरेको हो । उनीसँग एक वर्षको अनुबन्ध गरिएको छ । अस्ट्रेलियाका लागि सात टेस्ट र एक वानडे खेलेका ह्वाटमोर खेलाडीभन्दा पनि प्रशिक्षकका रूपमा बढी चर्चित छन् ।

सन् १९९६ मा श्रीलंकाले वानडे विश्वकप जित्दा उनी त्यस टिमका प्रशिक्षक थिए । त्यसयता उनले बंगलादेश, जिम्बाब्वे र पाकिस्तानी टिम पनि सम्हालिसकेका छन् ।

प्रकाशित : माघ ८, २०७७ १३:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?