कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

डीसीए–सगरमाथाको सहकार्य

काठमाडौँ — घोराही सिमेन्ट इन्डस्ट्रीको उत्पादन सगरमाथा सिमेन्टले धनगढी क्रिकेट एकेडेमीको स्तरोन्नति र ग्रासरुट क्रिकेट विकासमा सहकार्य गर्ने भएको छ ।

डीसीए–सगरमाथाको सहकार्य

सगरमाथा र एकेडेमीबीच तीनवर्षे प्रायोजन सम्झौता भएको छ । घोराही सिमेन्ट इन्डस्ट्रीका तर्फबाट मार्केटिङ प्रमुख प्रतीक अधिकारी र एकेडेमीका अध्यक्ष सुवास शाहीबीच बुधबार सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

सम्झौता अनुसार तीनवर्षका लागि धनगढी क्रिकेट एकेडेमीलाई आवश्यक पर्ने खेल सामग्री, आयोजना गर्ने प्रतियोगिता, ग्रासरुट कार्यक्रमलगायत सम्पूर्ण कार्यलाई सगरमाथा सिमेन्टले सहयोग गर्नेछ । मार्केटिङ प्रमुख अधिकारीले धनगढी क्रिकेट एकेडेमीसँग सहकार्यलाई निरन्तरता दिँदै एकेडेमीमार्फत ग्रासरुट क्रिकेट विकासमा योगदान दिने संस्थाको लक्ष्य रहेको बताए ।

एकेडेमीका अध्यक्ष शाहीले ग्रासरुट क्रिकेट विकासमा सगरमाथा सिमेन्टको प्रवेशले नेपाली क्रिकेटको प्रवर्द्धनमा ठूलो भूमिका खेल्ने आशा व्यक्त गरे ।

प्रकाशित : माघ ८, २०७७ ०८:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?