२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०१

इंग्लिस प्रिमियर लिग : म्यानचेस्टर युनाइटेड शीर्ष र सिटी दोस्रो स्थानमा

एजेन्सी

लन्डन — पउल पोग्बाको उत्कृष्ट गोलमा म्यानचेस्टर युनाइटेडले बुधबार फुलहमलाई २–१ ले हराएर इंग्लिस प्रिमियर लिगको शीर्ष स्थान कब्जा गरेको छ । म्यानचेस्टरले एक गोलले पछाडि रहेको स्थिति उल्टाएको हो ।

इंग्लिस प्रिमियर लिग : म्यानचेस्टर युनाइटेड शीर्ष र सिटी दोस्रो स्थानमा

एडमोला लुकमनको गोलले फुलहमले अग्रता लिएयता एडिसन कभानीले बराबरी गोल फर्काए । घरबाहिर म्यानचेस्टरको यो सातौं जित हो र उसको लिगमा अपराजित यात्रा १७ खेल पुगेको छ ।

यो जितपछि म्यानचेस्टरको १९ खेलबाट ४० अंक भएको छ । लिग तालिकामा म्यानचेस्टर सिटी दोस्रो स्थानमा छ र उसको १८ खेलबाट ३८ अंक छ । सिटीले अर्को खेलमा एस्टन भिल्लालाई २–० ले हरायो ।

तस्बिर : रोयटर्स

त्यसमा बर्नार्डो सिल्भा र इलकयी गुन्डोगनले खेलको अन्त्यतिर गोल गरे । भिल्ला भने २६ अंकमा ११ औं स्थानमा रह्यो । यस्तै फुलहम १२ अंकमा पुछारबाट तेस्रोमा छ ।

प्रकाशित : माघ ८, २०७७ ०७:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?