कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

दिल्ली क्यापिटल्सबाट सन्दीप भए फुकुवा

काठमाडौँ — इन्डियन प्रिमियर लिग (आईपीएल) टिम दिल्ली क्यापिटल्सले बुधबार नेपाली लेग स्पिनर सन्दीप लामिछोनलाई फुकुवा गर्ने निर्णय गरेको छ । सन्दीपले आईपीएलको पछिल्लो संस्करणमा दिल्लीबाट कुनै खेल खेल्ने अवसर पाएका थिएनन् ।

दिल्ली क्यापिटल्सबाट सन्दीप भए फुकुवा

क्रिक इन्फोका अनुसार दिल्लीले सन्दीपसँगै अन्य दुई खेलाडी इंग्ल्यान्डका जेसन रोय र भारतकै मोहित शर्मालाई पनि फुकुवा गर्ने निर्णय गरेको छ । सन्दीप सन् २०१८ मा लिलामीबाट दिल्लीसँग आबद्ध भएका थिए ।

त्यसक्रममा उनले त्यो सिजनको आईपीएलमा तीन खेलमा पाँच विकेट लिएका थिए । त्यसपछिको सिजनमा उन छ खेलमा आठ विकेट लिएका थिए ।

प्रकाशित : माघ ७, २०७७ १९:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?