कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

महिला फुटबल लिग: आर्मी र पुलिस बराबरीमा

काठमाडौँ — बुधबारबाट राजधानीमा सुरु भएको राष्ट्रिय महिला फुटबल लिगमा विभागीय टोलीद्वय त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबले गोल रहित बराबरी खेलेका छन् ।

महिला फुटबल लिग: आर्मी र पुलिस बराबरीमा

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको उद्घाटन खेलमा दुवै टोलीले गोल गर्ने राम्रा अवसरहरु पाए पनि सदुपयोग गर्न चुकेका थिए । कोरोना महामारीपछि सुरु भएको प्रतियोगितामा राष्ट्रिय टोलीका खेलाडी रेखा पौडेल, पुजार राना पुलिसबाट प्रतिनिधित्व गरे पनि आर्मीविरुद्ध जित निकाल्न सकेनन् । यस्तै, पुलिसबाट नै गोलकिपर सपना राईले पनि पुलिस क्लबको प्रतिनिधित्व गरेकी छिन् । उनले यू–१९ महिला फुटबलमा राष्ट्रिय टोलीको प्रतिनिधित्व गरेकी थिइन् ।

विराटनगर महानगरपालिका, चन्द्रपुर नगरपालिका रौतहट, वालिङ नगरपालिका स्याङजा, चौदण्डगढी नगरपालिका उदयपुर, नेपाल एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबको सहभागिता रहेको प्रतियोगिता डबल राउन्ड रोबिनको आधारमा सञ्चालन हुँदै छ । प्रतियोगिताको उद्घाटन र फाइनल खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ भने बाँकी खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ ।

प्रतियोगितामा पहिलो हुने टोलीले १५ लाख रुपैयाँ, दोस्रोले ८ लाख र तेस्रो हुने टोलीले ५ लाख पुरस्कार पाउनेछन् । त्यस्तै, उत्कृष्ट स्ट्राइकर, मिडफिल्ड, डिफेन्स, गोलकिपर र प्रशिक्षकलाई ५० हजार रुपैयाँ प्रदान गरिनेछ । त्यस्तै, बेस्ट प्लेयर अफ दी लिगले स्कुटर प्राप्त गर्नेछन् ।

अघिल्लो वर्ष चैत ३ गतेबाट सुरु हुने भनिएको प्रतियोगिता कोभिड महामारीका कारण रोकिएको थियो । प्रतियोगितामा बिहीबार पहिलो खेल एन्फा कम्पेलक्समा एपीएफ र चन्द्रपुर नगरपालिका रौतहट तथा दिनको दोस्रो खेल विराटनगर महानगरपालिका र वालिङ नगरपालिका स्याङ्जाबीच प्रतिस्पर्धा हुनेछ ।

प्रकाशित : माघ ७, २०७७ १८:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?