भारतको अपूर्व जित, अस्ट्रेलियाविरुद्धको शृंखला कब्जा

एजेन्सी

ब्रिसबेन — भारतले अस्ट्रेलियाविरुद्धको चौथो, अन्तिम तथा निर्णायक टेस्ट मंगलबार तीन विकेटले जितेको छ । भारतले जितका लागि ३ सय २८ रनको लक्ष्य पाएको थियो र त्यसलाई ऐतिहासिक रूपमा पछ्याउन सफल रह्यो । यससँगै पाहुना टिमले अपूर्व जित निकाल्न सकेको हो ।

भारतको अपूर्व जित, अस्ट्रेलियाविरुद्धको शृंखला कब्जा

भारतले सात विकेट गुमाएर ३ सय २९ रन बनाएको हो । यससँगै भारतले चार टेस्टको शृंखला २–१ ले जितेको पनि छ । भारतले अस्ट्रेलियाविरुद्धको पछिल्लो टेस्ट शृंखला पनि जितेको थियो । अस्ट्रेलियालाई बोडर–गावस्कर टेस्ट शृंखला आफ्नो पक्षमा पार्न यो टेस्ट जित्न आवश्यक थियो ।

टेस्टको पाँचौं दिन भारतले बिनाविकेटको क्षति चार रनबाट अगाडि खेल्न सुरु गरेको थियो । उसका लागि प्रारम्भिक ब्याट्सम्यान शुभमन गिलले ९१ रन बनाए । यस्तै चेतेश्वर पुजाराले ५६ रन थपे । उनीहरूले दोस्रो विकेटका लागि १ सय १४ रनको साझेदारी गरे र जितको आधार तयार पारे ।

यस्तै ऋषभ पन्तले नटआउट रहेर ८९ रन बनाए । अस्ट्रेलियाले शृंखलाको पहिलो टेस्ट जितेयता भारतले दोस्रो टेस्ट आफ्नो पक्षमा पारेको थियो । तेस्रो टेस्ट बराबरीमा टुंगेको थियो । पहिलो टेस्टको आफ्नो दोस्रो इनिङ्समा ३६ रनमा अलआउट भएर पनि भारतले उत्कृष्ट पुनरागमन गरेको हो ।

प्रकाशित : माघ ६, २०७७ १३:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?