१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

बिलबाओलाई स्पेनी सुपरकप, मेसीलाई रातो कार्ड

रोयटर्स

सेभिया — लियोनल मेसीले स्पेनी सुपरकपको फाइनलमा रातो कार्ड खाएका छन् । बार्सिलोनाबाट खेल्ने क्रममा उनले पहिलो रातो कार्ड पाएका हुन् ।

बिलबाओलाई स्पेनी सुपरकप, मेसीलाई रातो कार्ड

आइतबार भएको फाइनलमा एथ्लेटिको बिलबाओले बार्सिलोनालाई अतिरिक्त समयमा ३–२ ले हराएर स्पेनी सुपरकप जितेको छ ।

रियल सोसिडाडविरुद्धको सेमिफाइनल गुमाएका मेसी बार्सिलोनाको सुरुवाती टिममा फर्के र खेलको अन्त्यतिर विपक्षी फरवार्ड एसियर भिलालिब्रेमाथिको फलका कारण उनलाई रातो कार्ड देखाइएको थियो ।

बार्सिलोनाले एन्टोन ग्रिजमनको गोलले दुई पल्ट अग्रता लिए पनि दुवै अवसरमा ओस्कार डे मार्कोस र भिलालिब्रेमाले बराबरी गोल फर्काए । विन्की विलियम्सले बिलबाओका लागि निर्णायक गोल गरे ।

सन् २०१५ मा बिलबाओले अन्तिक पटक कुनै उपाधि जितेको थियो र त्यो पनि सुपरकप नै रहेको थियो । त्यतिबेला पनि उसले बार्सिलोनालाई ५–१ ले हराएको थियो ।

प्रकाशित : माघ ५, २०७७ ०६:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?