कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पहिलो धावक गजराज जोशीको स्मृतिमा फुटबल

काठमाडौँ — देशकै पहिलो अन्तर्राष्ट्रिय धावक गजराज जोशीको स्मृतिमा टोखा नगरपालिकास्तरीय फुटबल प्रतियोगिता सोमबारदेखि सञ्चालन हुँदैछ ।

पहिलो धावक गजराज जोशीको स्मृतिमा फुटबल

एसडी ९९ स्पोर्ट्स सेन्टरले गजराज जोशी ट्रष्ट र हेडलाइन्स क्याफेको प्रायोजनमा ‘अन्तर वडा गजराज जोशी कप फुटबल प्रतियोगिता’ आयोजना गर्न लागेको हो । गजराज जोशी ट्रष्टका अध्यक्ष मनीष जोशीले भने, ‘बुबा (गजराज) पहिलो धावकको रुपमा चिनिनुहुन्छ । उहाँले आर्मीमा आबद्ध भएपछि दौड सुरु गर्नुभएको हो । त्यसअघि फुटबल खेल्नुहुन्थ्यो । त्यसैले स्थानीय खेलाडीलाई अवसर दिन उहाँको स्मृतिमा नगरस्तरीय प्रतियोगिता आयोजना गर्न लागिएको हो ।’ स्वर्गीय जोशीले सन् १९५१ म दिल्लीमा एको एसियाली खेलकुदमा नेपालको प्रतिनिधित्व गरेका थिए ।

टोखा–३ स्थित भूत मैदानमा लिग कम नकआउटको आधारमा हुने प्रतियोगितामा नगरका ११ वटामध्ये ७ वडाले प्रतिस्पर्धा गर्नेछन् । दुई समूहमा लिग चरणमा शीर्ष दुई स्थानमा रहने टिम सेमिफाइनलमा प्रवेश गर्नेछन् । माघ १३ सम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले ७० हजार, उपविजेताले ३५ हजार रुपैयाँ पाउनेछन् । उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, फरवार्ड र प्रशिक्षकलाई ५–५ हजार दिने बताइएको छ । करिब १५ लाख बजटको प्रतियोगिताको उद्घाटन खेलमा सोमबार वडा नं.७ र ६ भिड्दैछन् ।

प्रकाशित : माघ ४, २०७७ २०:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?