१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

अस्ट्रेलिया र भारत बराबरीको स्थितिमा

ब्रिसवेन — अस्ट्रेलिया र भारतबीचको चौथो तथा निर्णायक टेस्ट आइतबार दुई दिनको खेल बाँकी रहँदा रोमाञ्चक मोडमा आइपुगेको छ । अस्ट्रेलियाले आफ्नो दोस्रो इनिङ्स सुरु गरेर विना कुनै विकेट क्षति २१ रन बनाएको छ ।

अस्ट्रेलिया र भारत बराबरीको स्थितिमा

यो समग्रमा ५४ रनको अग्रता हो । अस्ट्रेलियाका लागि डेविड वार्नर २० र मार्कस ह्यारिस एक रन बनाएर खेलिरहेका छन् । यसअघि भारतले आफ्नो पहिलो इनिङ्समा सबै विकेट गुमाएर ३ सय ३६ रन बनाएको थियो ।

दिनको सुरुआतमा १ सय ८६ रन बनाउँदा छ विकेट गुमाइसकेको भारतका लागि शार्दूल ठाकुरले ६७ र वासिङ्टन सुन्दरले ६२ रन बनाए । उनीहरूले अस्ट्रेलियाविरुद्ध ब्रिसवेनमा सातौं विकेटका लागि कीर्तिमानी १ सय २३ रनको साझेदारी गरे ।

यससँग टेस्टमा अस्ट्रेलियाको पकड गुमेको थियो । अस्ट्रेलियाले अब चौथो दिन सक्दो ठूलो लक्ष्य तयार पार्ने प्रयास गर्नेछ । चार टेस्टको शृंखला १–१ को बराबरीमा छ ।

प्रकाशित : माघ ४, २०७७ १३:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?