२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८८

अरुणालाई सम्मान

पोखरा — नेपाल महिला भलिबल टिमकी कप्तान अरुणा शाहीलाई शनिबार पोखरामा सम्मान गरिएको छ । उनले नेपाल खेलकुद पत्रकार मञ्चद्वारा पुस २८ मा आयोजित एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डमा पिपल्स च्वाइस विधा जितेकी थिइन् ।

अरुणालाई सम्मान

अरुणा जिताऔं अभियानअन्तर्गत पश्चिमाञ्चल भलिबल संघको आयोजनामा भएको सम्मान कार्यक्रममा गण्डकी प्रदेशकी सामाजिक विकासमन्त्री नरदेवी पुनले अरुणालाई सरकारको तर्फबाट एक लाख रुपैयाँ प्रोत्साहनस्वरुप हस्तान्तरण गरिन् ।मन्त्री पुनले अरुणालाई बधाइ दिँदै प्रदेश सरकार खेलकुद विकासका लागि प्रतिवद्ध रहेको दाबी गरिन् । उक्त अवसरमा राष्ट्रिय खेलकुद परिषद्का सदस्य राजेशकुमार गुरुङले शाहीलाई व्यक्तिगत ११ हजार नगद सहयोग गरे । अरुणा शाही जिताऔं अभियानअन्तर्गत बचत ३ लाख ७३ हजार ७ सय ५ रुपैयाँ उनलाई हस्तान्तरण गरिएको थियो ।

भलिबल प्रतियोगिताको टिकट बिक्रीबाट २ लाख ५३ हजारसहित १६ लाख ७३ हजार ७ सय ५ रुपैयाँ संकलन भएको नेपाल भलिबल संघका सल्लाहकार नारायणप्रसाद शर्माले जानकारी गराए । उनका अनुसार संकलित रकममध्ये ई–सेवा भोटिङका लागि १० लाख, भलिबल खेल व्यवस्थापनमा २ लाख ७० हजार र अन्य खर्च गरी १३ लाख खर्च भएको थियो । अरुणाले अवार्ड जिताउन खेलेको भूमिका र सहयोगप्रति आभार व्यक्त गरिन् । अवार्ड जितले जिम्मेवारी बढेको उनले बताइन् ।

प्रकाशित : माघ ४, २०७७ ०८:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?